शनिबार, वैशाख १५, २०८१

देशको पहाडी भू-भागमा चट्याङ्ग सहित क्षणिक वर्षाको सम्भावना

नेपालखोज २०७९ चैत १९ गते ६:३१

काठमाडौं । हाल मनसुनको न्यून चापीय रेखा पश्चिमी भू-भागमा सरदर स्थानमा र पूर्वी भू-भागमा सरदर स्थानभन्दा उत्तरमा अवस्थित रहेको तथा भारतको उत्तर प्रदेशको आसपासमा न्यून चापीय क्षेत्र पनि अवस्थित रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

देशका थोरै स्थानहरुमा मेघ गर्जनरचट्याङ्गरहावा हुरी सहित हल्कारक्षणिक वर्षाको सम्भावना हुनाले मेघगर्जनरचट्याङ्ग तथा हावा-हुरीबाट हुन सक्ने क्षति बाट बच्न आवश्यक सतर्कता अपनाउनु हुन अनुरोध छ।

आज दिउँसो कोशी प्रदेश लगायत देशका पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया आंशिक बदली देखि सामान्यतया सफा रहने छ। कोशी प्रदेश लगायत देशका पहाडी भू-भागका थोरै स्थानहरुमा मेघ गर्जनरचट्याङ्ग सहित हल्कारक्षणिक वर्षाको सम्भावना रहेको विभागले जनाएको छ ।

त्यस्तै आज राती देशको पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहने छ। कोशी र गण्डकी प्रदेशका पहाडी भू-भागका एकरदुई स्थानमा मेघ गर्जनरचट्याङ्ग सहित हल्कारक्षणिक वर्षाको सम्भावना रहेको विभागले जनाएको छ ।

प्रतिक्रिया