शुक्रबार, वैशाख ७, २०८१

हलर र विकानोभा च्याम्पियन

नेपालखोज २०७९ चैत १९ गते ७:४४

पोखरा । पोखरामा हिजो सम्पन्न एसिया कप ट्रायथोलन च्याम्पियनसिपमा पुरुषतर्फ लक्जम्बर्गका बब हलर र महिलातर्फ स्लोभाकियाका माग्ररेटा विकानोभा च्याम्पियन बनेका छन् ।

नेपाल ट्रायथोलन सङ्घको आयोजनामा पोखराको लेकसाइडमा आयोजना भएको प्रतियोगितामा पुरुषतर्फ बब हलरले सात सय ५० मिटर पौडी, २० किमी साइक्लिङ र पाँच किमी दौड गरी निर्धारित दुरी ५५ मिनेट ५५ सेकेण्डमा पूरा गरी प्रथम स्थान हासिल गरेका हुन् ।

उज्वेकिस्तानका एलेक्सान्द्र कुरिशोभ दुई सेकेण्डले पछि परिन् । उनले निर्धारित दुरी ५५ मिनेट ५७ सेकेण्डमा पूरा गर्नुभएको थियो । लक्जम्वर्गकै स्टेफन जाचाउसले ५६ मिनेट एक सेकेण्डमा निर्धारित दुरी पूरा गरी तृतीय बनिन् । जापानका क्योटारो योसिकावाले समग्रमा ५६ मिनेट नौ सेकेण्डमा पौडी, साइक्लिङ र दौड पूरा गरी सानत्वना स्थान हासिल गरेकी छन् ।

पुरुषतर्फ नेपालसहित लक्जम्वर्ग, उज्वेकिस्तान, जापान, उरुग्वे, अष्ट्रिया, अष्ट्रेलिया, काजाकिस्तान, स्लोभाकिया, युएई, प्लोस्टाइन, न्युजिल्याण्ड र भारतका गरी ४७ खेलाडीले उपाधिका लागि प्रतिस्पर्धा गरेका थिए ।

महिलातर्फको प्रतिस्पर्धामा विकानोभाले निर्धारित दुरी एक घण्टा चार मिनेट ५१ सेकेण्डमा पूरा गरी च्याम्पिन बनेका छन् । जापानकी मिनेरी इकिनोले एक घण्टा पाँच मिनेट १८ सेकेण्डमा दुरी पूरा गरी उपविजेता बनेका छन् ।

जापानकै चिसालो नाकाजिमाले एक घण्टा पाँच मिनेट ३० सेकेण्डमा दुरी पूरा गरी तृतीय स्थान हासिल गरेका नेपाल ट्रायथोलन सङ्घले जनाएको छ ।

साउथ एसिया कप च्याम्पियनसीपमा पुरुषतर्फ भारतका आदर्श मुरारिधर नाइर सिनिमोलले उपाधि जितेका छन् । उनले एक घण्टा चार मिनेट १६ सेकेण्डमा दुरी पूरा गरे । भारतकै विश्वनाथ यादवले एक घण्टा छ मिनेट २५ सेकेण्ड पार गर्दै उपविजेता बन्दा नेपालका वसन्त थारु एक घण्टा छ मिनेट ५२ सेकेण्डमा दुरी पूरा गरी तृतीय बनेका छन् । साउथ एसिया कप च्याम्पियनसीप महिलातर्फ भारतका प्रज्ञा मोहन प्रथम, भारतकै मान्सी मोहित द्वितीय र नेपालकी श्रेवी महर्जन तृतीय भए ।

नेपालतर्फका राष्ट्रिय ट्रायथोलनको प्रतिस्पर्धामा पुरुषतर्फ वसन्त थारु च्याम्पियन बने । उनले एक घण्टा छ मिनेट ५२ सेकेण्डमा दुरी पूरा गर्दा दीपेश चौधरीले एक घण्टा नौ मिनेट १७ सेकेण्डमा पूरा गरी द्वितीय बनेका थिए । मौलिक महर्जनले पौडी निर्धारित दुरी पूरा गर्न एक घण्टा ११ मिनेट तीन सेकेण्ड समय लगाए ।

यसैगरी महिलातर्फको राष्ट्रिय प्रतिस्पर्धामा श्रेवी महर्जन प्रथम भइन् भने केशरी थापा मगरले द्वितीय स्थान हासिल गरिन् । ट्रायथलनमा महिला/पुरुष उपाधि विजेताले मेडल, प्रमाण पत्रका साथ छ सय ३० डलर पुरस्कार प्राप्त गरेका छन् । द्वितीय हुनेले पाँच सय २५ डलर, तृतीयले चार सय २० डलर र सान्त्वनाले तीन सय १५ डलर पुरस्कार प्राप्त गरेको आयोजकले जनाएको छ ।

विजयी खेलाडीलाई गण्डकी प्रदेशसभा सदस्य प्रकाश बराल, निर्वतमान प्रदेशसभा सदस्य दीपक कोइराला, नेपाल ट्रायथोलन सङ्घका केन्द्रीय अध्यक्ष निलेन्द्र राज श्रेष्ठले लगायतले पुरस्कार वितरण गरेका थिए ।

प्रतिक्रिया