शुक्रबार, चैत १६, २०८०

भेरोनाबिरुद्द युभेन्ट्सकाे जित

नेपालखोज २०७९ चैत १९ गते ८:४६

काठमाडौं । इटालियन सिरी ए फुटबलमा युभेन्ट्सले जित निकालेको छ । शनिबार राति भएको खेलमा युभेन्ट्सले भेरोनालाई १-० गोल अन्तरले हराएको हाे ।

युभेन्ट्सको जितमा मोइस किनले निर्णायक गोल गरे । किनले खेलको ५५ औं मिनेटमा गोल गरेका थिए । जितसँगै युभेन्ट्सले २८ खेलमा ४४ अंक जोडेको छ ।

युभेन्ट्स सातौं स्थानमा रहेको छ । भेरोना १९ अंक जोडेर १८ औं स्थानमा रहेको छ । अर्को खेलमा इन्टर मिलान भने पराजित भएको छ । इन्टरलाई फियोरेन्टिनाले १-० गोल अन्तरले हराएको हो ।

फियोरेन्टिनाको जितमा जियाकोमा बोनाभेन्तुराले निर्णायक गोल गरे । उनले खेलको ५३ औं मिनेटमा गोल गरेका थिए । इन्टर २८ खेलमा ५० अंक जोडेर तेस्रो स्थानमा रहेको छ । फियोरेन्टिना ४० अंक जोडेर आठौं स्थानमा रहेको छ ।

प्रतिक्रिया