बिहीबार, वैशाख १३, २०८१

एसीसी प्रिमियर कपकाे लागी तयार गरिदैँ मुलपानी मैदान(फाेटाेफिचर)

नेपालखोज २०७९ चैत १९ गते १०:१६

काठमाडाैं । एसीसी प्रिमियर कप प्रतियोगिता वैशाख ५ गतेदेखि १८ गतेसम्म हुदैँ छ । प्रतियोगिताका खेलहरु कीर्तिपुर मैदान र मुलपानी मैदानमा हुनेछन् । लामो समय देखि बन्द रहेको मुलपानी मैदान पुन सुचारु हुन लागेको छ । तत्कालिन समयमा उदाउँदो खेलका रुपमा आएको क्रिकेटको सम्भावित व्यापकतालाई मध्यजनर गरी तत्कालिन क्यानको प्रस्तावमा सरकारले २०६१ सालमा मुलपानीमा दुई अन्तर्राष्ट्रिय स्तरको मैदान बनाउने गरी योजना बनाएको थियो ।

२०६२ सालमा माथिल्लो मैदानको निर्माण सुरु भयो । लामा कन्स्ट्रक्सनले मैदान सम्याएको थियो र उसैले मैदान वरपर तारबार तथा पर्खाल लगाउने काम गर्‍यो । त्यसको दुई वर्षपछि क्यानले पाकिस्तानी क्यूरेटरलाई ल्याएर पीच पनि तयार पार्‍यो । तर, मैदान सम्याएको ६ वर्षसम्म त्यहाँ कुनै काम भएन । अहिले एसीसी प्रिमियर कप मुलपानीमा हुने भए पछि मैदानलाई खेल्न योग्य बाउनको लागी धमाधम पुननिर्माणको काम भइरहेको छ ।

मुलपानीमा राष्ट्रिय खेलकुद परिषदको आफ्नै लगानीमा अर्को मैदान पनि बन्दैछ । त्यसलाई तल्लो मैदानको रुपमा चिनिन्छ । यसको प्याराफिट तथा पेविलियन निर्माण सकिइसकेको छ । तर, मैदानको पीच निर्माणको काम बाँकी छ भने यस मैदानमा केहि विवादहरु पनि देखिएका छन् । सरकारी जग्गामा रंगशाला निर्माण गर्ने भनिएपनि रंगशालाभित्रै पर्ने जग्गाको दावी गर्दै केहि मानिसहरु आएपछि त्यसको निर्माण प्रक्रिया रोकिको छ ।

एसियन क्रिकेट काउन्सिल एसीसी को आयोजनामा प्रतियोगिता हुन लागेको हो । नेपालले तीन खेल कीर्तिपुरमा खेल्दा एक खेल मुलपानीमा खेल्नेछ । नेपालले मुलपानीमा साउदी अरेबियासँग वैशाख ११ गते खेल्नेछ । त्यसअघि नेपालले पहिलो खेल वैशाख ५ मा मलेसियासँग कीर्तिपुर मैदानमा खेल्दै सुरुवात गर्नेछ ।

नेपालले दोस्रो खेल वैशाख ८ गते ओमानसँग र वैशाख १४ गते कतारसँग कीर्तिपुरमा खेल्नेछ । प्रतियोगितामा १० देश सहभागी हुँदैछन् ।
सहभागी टोलीलाई दुई समूहमा विभाजन गरिएको छ । समूह ‘ए’ मा घरेलु टोली नेपालसहित मलेसिया, साउदी अरेबिया, कतार र ओमान तथा समूह ‘बी’ मा बहराइन, कुवेत ,सिंगापुर, हङकङ र युएई रहेका छन् ।

तस्बिर स्रोत: क्यान

प्रतिक्रिया