शनिबार, वैशाख २२, २०८१

अप्रिल महिनामा आउने कार कस्ता छन् ?

नेपालखोज २०७९ चैत १९ गते १४:२०

काठमाडाैं । यो अप्रिल महिना अटोमोबाइल उद्योगका लागि निकै विशेष रहनेछ । यो महिनामा यस्ता चारवटा विलासी कार अन्तर्राष्ट्रिय बजारमा आउँदैछन् , जसको मानिसहरु आतुरताका साथ प्रतिक्षा गरिरहेका छन् । यसमा मारुती सुजुकीको फ्र्याङ्कदेखि ल्याम्बोर्गिनी उरुस एस , एमजीको कोमेट , टोयोटा इनोभा क्रिस्टा तथा मर्सिडिज बेन्जको एएमजी जीटी ६३ एसई छन् ।

हेरौं यी गाडीका बारेमा जानकारि :

मारुती सुजुकी फ्रान्क

मारुती सुजुकी फ्रान्कलाई कम्पनीले यो वर्षको सुरुमा सम्पन्न अटो एक्सपोमा प्रस्तुत गरेको थियो । यो गाडी यहि अप्रिलदेखि बजारमा बिक्रीका लागि उपलब्ध हुनेछ । यो कार डुअल पेट्रोल इन्जिनमा आउँदैछ भने दुबै अटोमेटिक र म्यानुअल ट्रान्समिसन उपलब्ध हुनेछन् । प्रयोगकर्ताहरूले यसमा ३६० डिग्री क्यामेरा दृश्य, स्वचालित जलवायु नियन्त्रण तथा स्मार्ट वाच जस्ता केही उन्नत सुविधा प्राप्त गर्न सक्छन् । य‍ो कारको अन्तर्राष्ट्रिय बजार मूल्य ३२ देखि ४० लाख रुपैयाँसम्म हुन सक्छ ।

मर्सिडीज बेन्ज

नयाँ मर्सिडीज AMG GT 63 SE अप्रिल ११ मा लन्च हुनेछ । यो कार ४ लिटरको ट्वीन सिलिन्डर टर्बोचार्ज्ड V8 इन्जिनसहित आउनेछ । यो कारमा विशेष ‘ओन्ली इलेक्ट्रिक मोड’ पनि दिइएको छ । यो मोडमा कारले १२ किलोमिटरसम्म सजिलै यात्रा गर्न सक्ने कम्पनीको दाबी छ । यसको अन्तर्राष्ट्रिय बजार मूल्य करिब अढाई करोड भएको बताइएको छ ।

लेम्बोर्गिनी उरुस एस

लेम्बोर्गिनी उरुस एस पनि अप्रिलमा बजारमा आउनेछ । कम्पनीले यो कार गत वर्षको सेप्टेम्बरमा सार्वजनिक गरेको थियो । यो कारमा ३९९६ सीसी ८ सिलिन्डर टर्बोचार्ज्ड इन्जिन जडान गरिएको छ । उत्कृष्ट इन्जिनका कारण यो कारले साढे तीन सेकेण्डमा ० देखि १०० किलोमिटर प्रतिघण्टाको गति लिन सक्छ । यसको अन्तर्राष्ट्रिय बजार मूल्य करिब साढे ६ करोड रुपैयाँ भएको बताइएको छ ।

एमजी कमेट इभी

एमजीले हालसालै कमेट इलेक्ट्रिक गाडी अनावरण गरेको छ । यो कार अप्रिलको अन्त्यसम्ममा बजारमा आउने बताइएको छ । यसको प्रारम्भिक अन्तर्राष्ट्रिय बजार मूल्य १५ लाख हुन सक्छ । रिपोर्ट अनुसार यो कार ४० बिएचपी पिक पावर भएको सिंगल इलेक्ट्रिक इन्जिनमा लन्च हुनेछ ।

टोयोटा इनोभा क्रिस्टा डिजेल

टोयोटाले गत वर्षको डिसेम्बरमा इनोभा हाइक्रसका रूपमा आफ्नो एमपीभि( MPV )को अर्को पुस्ता लन्च गरेको थियो। यसबाहेक कम्पनीले यसपटक डिजेलबाट चल्ने इनोभा क्रिस्टालाई पुन: प्रस्तुत गर्दैछ । यसको बुकिङ जनवरी २०२३ मै सुरु गरिएको थियो।

प्रतिक्रिया