सांसद प्रदीपकाे प्रश्न- हवाई सुरक्षाको विषयलाई किन गम्भिरतापूर्वक लिइँदैन ?

काठमाडाैं । आइतबार प्रतिनिधिसभा बैठकमा बोल्दै नेपाली कांग्रेसका सांसद प्रदीप पौडेलले मुलुकको हवाई क्षेत्रमा देखिएका समस्या तत्काल समाधान गर्न सरकारसँग माग गरेका छन् ।
उनले मुलुकको हवाई क्षेत्रमा पछिल्ला दिनहरुमा गम्भिर समस्याहरु देखा परेको उल्लेख गर्दै त्यसको दिगो समाधान खोज्न सरकारसँग माग गरेका हुन् ।
हवाई सुरक्षाको विषयलाई हरेक मुलुकले उच्च प्राथमिकतामा राख्ने गरेपनि नेपाल सरकार र सम्बन्धित निकाय त्यस मामिलामा बेखवरजस्तै बन्नु दुखद रहेको उनको भनाइ छ । ‘उनले भने’, कुनै जहाजको पाङग्रा खुस्किने, कुनैको टायर भाडामा लिनुपर्ने, उडान नियमित नभएर यात्रु अलपत्र बन्ने स्थिति देखा परेको छ ।
‘पछिल्लो रिर्पोटले प्रष्ट भन्छः नेपालमा हवाई दुर्घटनाका पछाडि इन्जिनले काम नगरेको जस्ता यान्त्रिक कारण भन्दा व्यवस्थापकीय पक्षमा चुक्दा बढि दुर्घटनाहरु हुन्छन । तर, सम्बन्धित निकायको नेतृत्व यस विषयमा बेखवर जस्तै छ । सभामुख महोदय, हवाई सुरक्षाको विषयलाई प्रत्येक मुलुकले उच्च प्राथमिकतामा राखेका छन् । तर हाम्रोमा यस विषयलाई किन गम्भिरतापूर्वक लिइँदैन ?’ उनले प्रश्न गरे ।
प्रतिक्रिया