सोमबार, जेठ ६, २०८२

मुम्बई इन्डियन्स विरुद्ध रोयल च्यालेन्जर्स बैंगलोर, मुम्बई ८ विकेटले पराजित

नेपालखोज २०७९ चैत २० गते ७:४५

काठमाडौं । आइपीएल २०२३ अन्तरगत गएराति भएको खेलमा रोयल च्यालेन्जर्स बैंग्लोरले मुम्बई इन्डियन्सलाई २२ बल बाँकी रहँदा ८ विकेटले पराजित गरेको छ ।

बैंगलोरमा आइतबार भएको खेलमा विराट कोहली (अनटआउट ८२) ले ब्याटिङबाट आगो देखाए पनि रोहित शर्मा ब्याटिङ र कप्तानी दुवैमा असफल भए ।

आइपीएल १६ को आफ्नो पहिलो खेलमा रोयल च्यालेन्जर्स बैंग्लोरसँग आठ विकेटले पराजित भएको मुम्बई इन्डियन्सले सन् २०१२ पछि हरेक सिजनको पहिलो खेलमा हार बेहोरेको छ ।

बैंग्लोरलाई जितका लागि १७२ रनको लक्ष्य थियो । क्रिकेट पण्डितहरूले यसलाई चुनौतीपूर्ण लक्ष्य भनेका थिए तर बैंगलोरका कप्तान फाफ डु प्लेसिस र स्टार ब्याट्सम्यान विराट कोहली यसलाई तुच्छ साबित गर्न कटिबद्ध थिए ।

सात रनको व्यक्तिगत स्कोरमा जोफ्रा आर्चरले विराट कोहलीलाई जीवनदान दिएर उनको काम सजिलो बनायो । डु प्लेसिस आक्रामक थिए र चौका र छक्कामा मात्रै रन बनाइरहेका थिए । विराट कोहली पनि पछि रहन तयार छैनन् ।

दुबैले ५.३ ओभरमा ५० रन र १०.३ ओभरमा १०० रन पुरा गरे । डु प्लेसिसले २९ बलमा अर्धशतक बनाए भने विराट कोहलीले ३८ बल खेलेर ५० रन बनाएका थिए । यो उनको आईपीएलमा ५० औं अर्धशतक हो ।

अरशद खानले १५ औं ओभरमा मुम्बई इन्डियन्सलाई पहिलो सफलता दिलाए । उनले डुप्लेसिस (७३ रन) लाई आउट गरे । दिनेश कार्तिक खाता नखोल्दै क्यामरुन ग्रीनको शिकार बने ।

ग्लेन म्याक्सवेल तीन बलमा १२ रन बनाएर अविजित फर्किए । विराट कोहलीले १७ औं ओभरको दोस्रो बलमा छक्का प्रहार गरेर खेलको अन्त्य गरे । विराट कोहलीले ४९ बलको इनिङ्समा ६ चौका र ५ छक्का प्रहार गरे ।

मुम्बईको इनिङ्स, तिलक वर्माको बल
यसअघि पहिले ब्याटिङ गरेको मुम्बई इन्डियन्सले २० ओभरमा ७ विकेट गुमाएर १७१ रन बनाएको थियो । २० वर्षीय युवा ब्याट्सम्यान तिलक वर्माले मुम्बई इन्डियन्सलाई यो स्कोरमा पु¥याउन सबैभन्दा महत्त्वपूर्ण भूमिका खेले ।

४६ बलमा अविजित ८४ रन बनाएका तिलक वर्मा क्रिजमा आउँदा मुम्बई इन्डियन्सको टिमको स्कोर तीन विकेटमा २० रन थियो । छैटौं ओभर चलिरहेको थियो र टोलीले ओपनर इशान किशन (१० रन), क्यामरन ग्रीन (५ रन) र कप्तान रोहित शर्मा (१ रन)को विकेट गुमाएको थियो ।

सूर्यकुमार यादवले मुम्बई इन्डियन्सलाई समस्याबाट बाहिर निकाल्ने अपेक्षा गरिएको थियो तर उनलाई नवौं ओभरमा माइकल ब्रेसवेलले प्याभिलियन पठाए। सूर्यकुमार १५ रन बनाएर आउट हुँदा मुम्बईको स्कोर ४८ रन थियो । दश ओभरपछि टोलीको खातामा ५५ रन मात्र थपियो ।

बैंगलोरका बलरहरूको आत्मविश्वास आकाशमा डुबेका बेला तिलक वर्माले जवाफी आक्रमण सुरु गरे । उनको नेतृत्वमा मुम्बईको टोलीले अन्तिम १० ओभरमा ११६ रन जोडेको थियो ।

तिलक वर्माले नेहल वढेरा (२१) सँग ५० रनको साझेदारी गरे। टिम डेभिड (४ रन) र ऋतिक शोकिन (५ रन) पनि असफल भए ।
तर अन्तिम ओभरमा अरशद खान (अनआउट १५) को मद्दतमा उनले मुम्बईको टोलीलाई १७१ रनको चुनौतीपूर्ण स्कोरमा पुर्याए ।

बैंगलोरका लागि कर्ण शर्माले दुई विकेट लिए । सुरुवाती ओभरमा उत्कृष्ट बलिङ गरेका मोहम्मद सिराजले एक विकेट लिए ।

प्रतिक्रिया