युरोकाे भाउ कति पुग्याे ?

नेपालखोज २०७९ चैत २० गते ८:५७
?<??

काठमाडौं । नेपाल राष्ट्र बैंकले आज (साेमबार) का लागि विदेशी मुद्राको विनिमयदर तोकेको छ । नेपाल राष्ट्र बैंककाअनुसार विदेशी मुद्राको विनिमयदर अमेरिकी एक डलरको खरिददर १३१ रुपैयाँ१७ पैसा र बिक्रीदर १३१ रुपैयाँ ७७ पैसा रहेको छ ।

त्यस्तै, युरो एकको खरिददर १४२ रुपैयाँ २० पैसा र बिक्रीदर १४२ रुपैयाँ ८५ पैसा रहेको बैंकले जनाएको छ । त्यस्तै, बेलायती पाउन्ड एकको खरिददर १६१ रुपैयाँ ८० पैसा र बिक्रीदर १६२ रुपैयाँ ५४ पैसा रहेको छ भने, कतारी रियाल एकको खरिददर ३५ रुपैयाँ ८१ पैसा र बिक्रीदर ३५ रुपैयाँ ९७ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।

त्यसैगरी, जापानी येन १० को खरिददर ९ रुपैयाँ ८८ पैसा रहेको छ भने बिक्रीदर ९ रुपैयाँ ९२ पैसा रहेको छ । यसैगरी साउदी रियाल एकको खरिददर ३४ रुपैयाँ रहेको ९४ पैसा रहेको छ भने, बिक्रीदर ३५ रुपैयाँ १० पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।

हेर्नुहोस् आजको विदेशी मुद्राको विनिमयदर

प्रतिक्रिया