शुक्रबार, वैशाख २८, २०८१

ऋषि सिंह : मन्दिरको भजन देखि इन्डियन आइडल सम्म

नेपालखोज २०७९ चैत २० गते ९:४४

काठमाडाैं । २ जुलाई २००३ मा अयोध्या , उत्तर प्रदेशमा जन्मिएका १९ वर्षीय ऋषि सिंहले आफ्नो प्राथमिक तथा माध्यमिक शिक्षा द क्याम्ब्रियन स्कूलबाट पूरा गरेका हुन । उनि हाल देहरादुनबाट एभिएसन म्यानेजमेन्टमा स्नातक गरिरहेकी छन् । यो उनको तेस्रो वर्ष हो । मध्यमवर्गीय परिवारबाट आएका ऋषिका बुबा राजेन्द्र सिंह सरकारी कर्मचारी तथा आमा अञ्जली सिंह गृहिणी हुन् । इन्डियन आइडल कार्यक्रमको एक एपिसोडमा ऋषिले आफू आमाबुवाको एक्लो सन्तान भएको बताएका थिए । उनलाई बाल्यकालमा निसन्तान सिंह दम्पतीले धर्मपुत्रका रुपमा ग्रहण गरेका थिए ।

ऋषि सिंह भन्छन्- उनका आमाबाबु उनको संगीत करियरबाट सन्तुष्ट थिएनन् र ऋषिले पढाइ सकेर कुनै काम गरेको हेर्न चाहन्थे। यद्यपि सङ्गीत प्रति छोराको रुचि देखेर उनिहरुले उनलाई पूर्ण समर्थन गरे ।

गुरुद्वारा तथा मन्दिरहरूमा भजन गाउँथे

ऋषिले संगीतको ओैपचारिक शिक्षा लिएनन् तर उनी बाल्यकालदेखि नै घर नजिकैको गुरुद्वारा र मन्दिरमा भजन गाउने गर्थे । २०१९ ऋषिले इन्डियन आइडलको ११ औं सिजनमा पनि भाग लिएका थिए तर चौथो राउण्डपछि उनी बाहिरिए ।

भारतीय क्रिकेटर विराट कोहलीले पनि उनको गायनको प्रशन्सा गरेका छन् र उनले सामाजिक सञ्जाल इन्स्टाग्राममा ऋषिलाई फलो समेत गरेका छन् । निर्देशक निर्माता राकेश रोशनले पनि ऋषि सिंहलाई ऋतिक रोशनको अर्को फिल्ममा गीत गाउने अफर दिएका छन् । मे २०२२ मा ऋषि सिंहले आफ्नो पहिलो एकल गीत ‘इल्तेजा मेरी’ रिलिज गरेका थिए । यो गीत मेलोडियस रेकर्ड्सले निर्माण गरेको हो ।

इन्डियन आइडलमा फिल्म ‘कबिर सिंह’ को ‘पहला प्यार’ गाएपछि उनलाई निर्णायकहरूले स्ट्यान्डिङ ओभेशन दिएका थिए भने उनले गोल्डेन माइक पनि पाएका थिए जसका कारण उनले क्वालिफाइङ राउन्डमा प्रतिस्पर्धा गर्नु परेन । २०१९ मा ऋषि सिंहले अयोध्याको रामकथा संग्रहालयमा एक संगीत कन्सर्ट पनि दिएका थिए । ऋषिले युट्युबमा हिन्दी सिनेमाका धेरै चर्चित गीतहरूको कभर पनि गाउँदै आएका छन् । द कपिल शर्मा शोको इन्डियन आइडल स्पेशल एपिसोडमा ऋषिको गायनबाट कपिल शर्मा समेत कायल भएका थिए ।

प्रतिक्रिया