अवसरवादी भन्नेलाई स्वर्णिमको जवाफ : हराएर पठाए भै गो नी !
नेपालखोज
२०७९ चैत २० गते १३:१०

काठमाडौं । तनहुँ १ मा हुने उपनिर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उम्मेदवार स्वर्णिम वाग्लेले हराएर देखाउन चुनौति दिएका छन् । कांग्रेस छाडेर रास्वपा प्रवेशलाई आफू माथि लागेको अवसरवादीको आरोपलाई खण्डन गर्दै वाग्लेले अवसर आफैँमा नराम्रो कुरा नभएको बताएका छन् ।
उनले भने, ‘मैले जनतामाझ आफ्ना कुरा राख्छु । लोकतन्त्रमा जनताले के भन्छन् भन्ने मुख्य कुरा हो । अवसरवादी भन्नेहरुले मलाई हराएर पठाए भो नि ।’ कांग्रेसमा उल्लेख्य सुधारका लागि समय लाग्ने भएकाले पनि रास्वपा रोजेको उनले बताए ।
तनहुँमा पत्रकारसँग कुरा गर्दै वाग्लेले आफूलाई जनमतबाट टेष्ट गर्न मन लागेर उम्मेदवार बनेको बताए । निर्वाचनको अभियान सुरु भएको र आगामी तीन हप्ता मेरो योजना सुन्ने बताए । तनहुँका जनताले दिएको म्याण्डेट आफूलाई स्विकार्य हुने वाग्लेले बताए ।
सम्बन्धित
प्रतिक्रिया