सोमबार, असार २, २०८२

सर्वोच्चमा रविविरुद्धको रिट दर्ता

नेपालखोज २०७९ चैत २० गते १३:३९

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेविरुद्धको रिट सर्वोच्च अदालतमा दर्ता भएको छ ।

अमेरिकी नागरिक नै रहेको अवस्था नेपालको राहदानी लिएको विषयमा लामिछानेविरुद्ध रिट निवेदन लिएर युवराज पौडेल ‘सफल’ आइतबार सर्वोच्च अदालत पुगेका थिए ।

मुख्य रजिस्ट्रारले रिट अध्ययन गरेपछि आज (सोमबार) दर्ता भएको हो । रिटको पेसी मंगलबारका लागि तोकिएको छ ।

अमेरिकी नागरिक नै रहेको अवस्था नेपालको राहदानी लिएको विषयमा लामिछाने उपर कानुन बमोजिम छानबिन गरी मुद्दा दायर गर्नु भन्दै विपक्षीहरुका नाममा परमादेश जारी गर्नुपर्ने पौडेलको माग रहेको छ ।

प्रतिक्रिया