शुक्रबार, वैशाख २६, २०८२

यी हुन् संसारका सबैभन्दा ताता ठाउँ

नेपालखोज २०७९ चैत २० गते १४:४२

काठमाडाैं । अहिले हामी कहाँ पनि गर्मी चढ्दो छ । गर्मीको नाम सुन्दै धेरैलाई डर लाग्छ । चर्को घामका कारण गर्मी हुने, रक्तचाप कम हुने, चक्कर लाग्ने जस्ता समस्या पनि सृजना हुन्छन् । गर्मीमा तापक्रम क्षेत्र अनुसार केहि डिग्रीले फरक हुन्छ तर अप्रिल र मे महिनाको तापक्रम सबैभन्दा बढी मानिन्छ । पृथ्वीमा यस्तो ठाउँ पनि छ जहाँकाे तापक्रम सबैभन्दा बढी छ । त्यस्ता ठाउँमा ४०-४५ डिग्री तापमान पनि सामान्य मानिन्छ भने त्यहाँ अधिकतम तापक्रम ७० डिग्री सम्म पुगेको छ ।

इरानको बन्दर-ए-मशहर

इरानको बन्दर-ए-मशहर सहरमा जुलाई २०१५ मा अधिकतम तापक्रम ७४ डिग्री सेल्सियस रेकर्ड गरिएको थियो। यसअघि त्यहाँको अधिकतम तापक्रम ५१ डिग्री सेल्सियस थियो । सन् २००३ देखि २००९ सम्म इरानको दश्त–ए–लुतमा अधिकतम ७०.७ डिग्री सेल्सियस तापक्रम रेकर्ड गरिएको थियो । अहिले यो क्षेत्र पूरै सुनसान छ, यहाँ एक जना मानिस पनि बस्दैनन् ।

किबुट्झ सिटी

जुन १९४२ मा इजरायलको किबुट्ज सहर टिराट ज्वीमा अधिकतम तापक्रम ५४ डिग्री सेल्सियस पुगेको थियो । यहाँको औसत तापक्रम पनि ३७ डिग्री सेल्सियस रहन्छ ।

वाडी हाल्फ सिटी

वाडी हाल्फ सिटी सुडानमा छ र यहाँ पानी पर्दैन । जुन यहाँको सबैभन्दा तातो महिना हो। यहाँको औसत तापमान ४१ डिग्री सेल्सियस छ। अप्रिल १९६७ मा यहाँ ५३ डिग्री सेल्सियस तापक्रम रेकर्ड गरिएको थियो ।

टिम्बकटू शहर

सहारा मरुभुमिको दक्षिणमा रहेको मालीको टिम्बक्टु सहर जाडोमा पनि न्यानो रहन्छ। जनवरीमा पनि यहाँको औसत तापक्रम ३० डिग्री सेल्सियस हुन्छ। अहिलेसम्म यसको अधिकतम तापक्रम ४९ डिग्री सेल्सियस नापिएको छ ।

डेथ भ्याली

क्यालिफोर्नियाको डेथ भ्याली विश्वको सबैभन्दा तातो ठाउँ मानिन्छ। सन् १९१३ मा यहाँको तापक्रम ५६.७ डिग्री सेल्सियस पुगेको थियो। यहाँको औसत तापमान ४७ डिग्री सेल्सियस छ । डेथ भ्याली अमेरिकाको सबैभन्दा सुख्खा ठाउँ मध्ये एक हो।

प्रतिक्रिया