प्रसाद–२ निर्माता सुवास थापाविरुद्ध चेक बाउन्समा मुद्दा
नेपालखोज
२०७९ चैत २० गते १६:४९

काठमाडौं । चर्चित निर्देशक सुवास थापाविरुद्ध चेक बाउन्सको मुद्दा दर्ता भएको छ ।
काठमाडौं प्रहरी परिसरमा केशव पाण्डेले ६२ लाख ५० हजार रुपैयाँको चेक बाउन्स मुद्दा दर्ता गरेको काठमाडौं प्रहरी परिसरका निमित्त प्रवक्ता निरन्जन भट्टले बताए । उनले अनुसन्धान भइरहेको बताए ।
यता निर्देशक थापाले सामाजिक सन्जालमार्फत आफूले समयमा रकम तिर्न नसकेको स्वीकार गर्दै प्रसाद–२ रिलिज भएपछि हरहिसाब मिलाउने भन्दै सहयोग गर्न आग्रह गरेका छन् । सामाजिक संजालमा स्टाटस लेख्दै आफ्नो नियत गलत नभएको बताएका छन् ।
सुदर्शन थापाको निर्देशनमा तयार भएको यो चलचित्रमा विपिन कार्की, केकी अधिकारी, अर्पण थापा लगायतका कलाकारको अभिनय छ । चलचित्रलाई सुदर्शन बस्नेतले निर्माण गरेका हुन् भने चलचित्रको कथा सुशिल पौडेलले लेखेका हुन् ।
सम्बन्धित

प्रतिक्रिया