शुक्रबार, वैशाख २६, २०८२

प्लेब्वायको कभर पेजमा आउने भएपछि विवादमा तानिइन्

नेपालखोज २०७९ चैत २० गते २०:५६

एजेन्सी । फ्रान्सेली मन्त्री फ्रान्सकी एक मन्त्री प्लेब्वाई म्यागेजिनको कभर पेजका लागि पोज दिएर विवादमा तानिएकी छिन् । ती मन्त्रीको नाम मार्लेन सियापा हो। उनले सामाजिक अर्थ मन्त्रालयको जिम्मेवारी सम्हालिरहेका छन् । म्यागेजिनका लागि मार्लेनले खिचेको तस्बिरमा उनले पूरै लुगा लगाएकी छिन् । यो प्लेब्वाई पत्रिकाको अप्रिल अङ्क हो ।

यो कभर फोटो पत्रिकाको फ्रान्सेली भाषाको संस्करणका लागि मात्र हो । उनका सहयोगी तथा विपक्षीहरू दुवै यो फोटो सुटलाई लिएर मार्लिनको निर्णय प्रति रुष्ट छन्। फ्रान्सेली प्रधानमन्त्री एलिजाबेथ बोर्न पनि यस माथि प्रश्न उठाउनेहरू मध्ये एक हुन् । प्रधानमन्त्री एलिजाबेथले भनेकी छिन्, ‘उनको निर्णय सही छैन। विशेष गरी वर्तमान समयमा।’ फ्रान्समा पछिल्ला हप्ताहरूमा प्रहरी र हडतालकारी कामदार बिच हिंसात्मक झडप भइरहेको छ ।

राष्ट्रपति इमानुएल म्याक्रोनको प्रस्तावित पेन्सन सुधार योजनाप्रति श्रमिकहरू आक्रोशित छन्। राष्ट्रपति म्याक्रोनले अवकाशको उमेर दुई वर्ष बढाउने प्रस्ताव गरेका छन् । प्रधानमन्त्री एलिजाबेथ बोर्नले जस्तै ग्रिन पार्टीकी सांसद स्यान्ड्रिन रोसोले पनि मन्त्री मार्लेनको काममा प्रश्न उठाएकी छिन् । महिला अधिकारका लागि आवाज उठाउने सान्ड्रिन रोसोले फोटो सुटिङको समयलाई लिएर प्रश्न उठाएकी छिन् ।

उनले एक टिभी च्यानललाई भनिन्, ‘महिलाले जहाँ पनि आफ्नो शरीर देखाउन सक्छन्, मलाई यसमा कुनै समस्या छैन तर अहिले सामाजिक अवस्था पनि हेर्नुपर्ने छ।’ यो तस्बिरसँगै अन्तर्वार्ता पनि प्रकाशित गरिनेछ । यसमा महिला तथा समलिङ्गी अधिकारका अतिरिक्त गर्भपतनका बारेमा पनि छलफल हुनेछ । मार्लेन सियापाले यस विषयमा प्रतिक्रिया जनाएकी छिन् भने उनले आफ्नो निर्णयलाई सही ठहराएकी छिन् ।

उनले ट्विटरमा लेखेकी छिन्, ‘म महिलाहरूले आफ्नो शरीरसँग जे चाहन्छन् त्यो गर्ने अधिकारलाई समर्थन गर्छु । फ्रान्समा महिलाहरू स्वतन्त्र छन् । चाहे यसबाट रूढीवादी र पाखण्डीहरू बेखुस नै किन नहुन ।’

प्रतिक्रिया