चेन्नईले लखनउलाई हरायो

आइपिएलमा सोमबार राति भएको खेलमा चेन्नई सुपर किंग्सले लखनउ सुपर जाइन्ट्सलाई १२ रनले पराजित गरेको छ । यो खेल जित्न लखनउ सुपर जायन्ट्सलाई २ सय १८ रन चाहिएको थियो तर टिमले २० ओभरमा ७ विकेट गुमाएर २ सय ५ रन मात्र जोडन सक्यो ।
त्यसअघि ब्याटिङ गरेको चेन्नई सुपर किंग्सले २० ओभरमा सात विकेट गुमाएर २ सय १७ रन बनाएको थियो । एक समय ओपनरहरुको तुफानि बल्लेबाजिका कारण लखनउको जित निश्चित जस्तै देखिन्थ्यो । यद्यपि चेन्नईका मोइन अलीको चार विकेटको मद्दतले चेन्नईले लखनउमाथि बिजय हासिल गर्यो ।
काइल मेयर्स र लोकेश राहुलले पाँच ओभरमा ७३ रन जोडेर लखनउलाई उत्कृष्ट सुरुवात दिलाए । मेयर्सले २२ बलमा आठ चौका र दुई छक्का प्रहार गर्दै ५३ रन बनाए । उनीहरुपछि लखनउका कुनै पनि ब्याट्सम्यान टिक्न सकेनन् । मेयर्सको बिकेटका रूपमा इनिङ्समा पहिलो सफलता हासिल गरेपछि मोइन अलीले लोकेश राहुल, क्रुणाल पाण्ड्या र मार्कस स्टोइनिसलाई सस्तैमा आउट गरे । लामो समयपछि घरेलु स्टेडियममा ब्याटिङ गर्न आएका चेन्नईका कप्तान एमएस धोनीले तीन बल मात्र खेल्न सके तर उनले तीन बलमा दुई छक्का प्रहार गरे ।
अन्तिम ओभरमा यो धमाका गर्दै उनले आईपीएलमा आफ्नो पाँच हजार रन पूरा गर्ने करिश्मा देखाए । यसअघि ऋतुराज गायकवाड र डेभोन कोनवेले चेन्नई सुपर किंग्सका लागि उत्कृष्ट सुरुवात गरेका थिए । दुबैले पहिलो ओभरमा कुनै पनि चौका प्रहार गरेनन् तर ६ रन जोडे। दोस्रो ओभरमा आवेश खानको बलमा कन्वेले लगातार दुई चौका प्रहार गरे । चार ओभरमा चेन्नईले बिना कुनै हानि ४० रन बनाई सकेको थियो । लगातार दोस्रो इनिङ्समा गायकवाडको ब्याट चम्कियो र घरेलु मैदानमा पाँचौं ओभरमा उनको धुवाँधार शैली देखियो ।
कृष्ण गौतमको उक्त ओभरमा गायकवाडले तीन छक्का प्रहार गरे । अघिल्लो खेलमा हिरो साबित भएका मार्क वुड छैटौं ओभर बलिङ गर्न आए तर चेन्नईले उनको पहिलो तीन बलमा बाउन्ड्री ठोक्यो । कोनवेले दुई बलमा बाउन्ड्री प्रहार गरे भने एक बाउन्ड्री बाई मार्फत पाए । ओभरको पाँचौं बलमा गायकवाडले चौथो छक्का प्रहार गरे ।
गायकवाड र कोनवेले दुई ओभरमा ३९ रन जोडे। ६ ओभरको पावर प्लेमा चेन्नईले सर्वाधिक ७९ रन जोडेको थियो । गायकवाडले २५ बलमा ५० रन जोडे । त्यसपछि डेभोन कोनवेले क्रुणाल पाण्ड्याको बलमा दुई छक्का प्रहार गर्दै आफू पनि पछाडि नरहेको देखाए । त्यसपछि लखनउका कप्तान लोकेश राहुलले लेग स्पिनर रवि बिश्नोईलाई आक्रमणमा उतारे ।
बिश्नोईले गायकवाडलाई आफ्नो पहिलो बलमै प्याभिलियन पठाए । गायकवाडले ३१ बलमा चार छक्का र तीन चौकाको मद्दतले ५७ रन बनाए । अर्को ओभरमा क्रुणाल पाण्ड्याले उत्कृष्ट क्याच लिएर कोनवेलाई प्याभिलियन पठाए । कोनवेले २९ बलमा ४७ रन बनाए । त्यसपछि चेन्नईको इनिङ्स शिवम दुबेले सम्हालेका थिए । उनले १६ बलमा तीन छक्का प्रहार गर्दै २७ रन जोडे ।
मोइन अली र बेन स्टोक्सका अतिरिक्त रविन्द्र जडेजा पनि छिटो रन बनाउने क्रममा सस्तोमाै आउट भए । अन्तमा अम्बाती रायुडुले केही उत्कृष्ट शटहरू खेल्दै २७ रन बनाएर अविजित रहे।

प्रतिक्रिया