शुक्रबार, वैशाख २१, २०८१

डाक्टरको परामर्श शुल्क बढाउने निर्णयप्रति स्वास्थ्य मन्त्रालयको असहमति

नेपालखोज २०७७ फागुन ६ गते १४:२४

काठमाडौं । चिकित्सकहरुको परामर्श शुल्क वृद्धि गर्ने निर्णयमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले असहमति जनाएको छ ।

नेपाल चिकिसत्क संघ र निजी अस्पतालहरुको छाता संगठन अफिनले बुधबारदेखि लागू हुने गरी विरामी चेकजाँच गर्दा दिने परामर्श शुल्क बृद्धि गरेको थियो । यसअनुसार चिकित्सकको परामर्श शुल्क ३७० देखि ८२५ रुपैयाँ पुगेको छ र, यसमा अस्पतालले २० प्रतिशतसम्म थप शुल्क जोड्न सक्नेछ ।

तर मन्त्रालयसँग परामर्श नगरी शुल्क वृद्धि गरिएको स्वास्थ्यमन्त्री हृदयेश त्रिपाठीले बताए । बिहीबार आयोजित पत्रकार सम्मेलनमा मन्त्री त्रिपाठीले भने, ‘उहाँहरुलाई शुल्क निर्धारण गर्ने अधिकार छैन । नयाँ शुल्कमा मन्त्रालयको सहमति छैन ।’

उनले मुल्यबारे चिकित्सक संघ, अफिन लगायतसँग छलफल गर्न तयार रहेको समेत बताए ।

प्रतिक्रिया