एमाले र जनमतका मन्त्रीलाई बर्खास्त गर्ने मुख्यमन्त्रीको चेतावनी

जनकपुर । मुख्यमन्त्री सरोजकुमार यादवले नेकपा एमाले र जनमत पार्टीबाट सरकारमा सहभागी भएका मन्त्रीहरुलाई मंगलबारभित्र राजीनामा नदिए पदबाट बर्खास्त गर्ने चेतावनी दिएका छन् ।
मधेस प्रदेशको सत्ता राजनीतले नयाँ मोड लिने देखिएको छ । मुख्यमन्त्री यादवले जनाता समाजवादीसँग राजनीतिक खटपट आएपछि जनमतका मन्त्रीलाई राजीनामा दिन भनेका हुन् । मुख्यमन्त्रीको निर्देशनपछि यसबारे निर्णय लिन एमालेको संसदीय दलको बैठक बसेको छ ।
जसपाका एक नेताले दिएको जानकारी अनुसार मुख्यमन्त्री यादवले एमालेका मन्त्रीहरुलाई मंगलबार अपराह्नसम्म राजीनामा बुझाउन निर्देशन दिएका छन् । मधेस प्रदेश सरकारमा एमालेका ४ मन्त्री छन् । एमालेका मन्त्रीहरूले मंगलबार अबेरसम्म राजीनामा नगरे पदमुक्त गरिदिने चेतावनी मुख्यमन्त्री यदावले दिएका छन् ।
बाराको निर्वाचन क्षेत्र नम्बर २ को निर्वाचनमा जसपाका अध्यक्ष उपेन्द्र यादवलाई जिताउन बारामा बढी समय दिइरहेका मुख्यमन्त्री यादव मंगलबार बिहान जनकपुर आएर यस्तो निर्देशन दिएका हुन् ।

प्रतिक्रिया