रविविरुद्ध निर्वाचन आयोग चितवनमा उजुरी

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको उम्मेदवारी खारेजीको माग गर्दै उजुरी परेको छ ।
वैशाख १० गते हुने उपनिर्वाचनका लागि चितवन २ बाट उम्मेदवारी दिएका लामिछानेविरुद्ध उम्मेदवारी खारेज गर्न माग गर्दै अधिवक्ता युवराज पौडेल (सफल) ले जिल्ला निर्वाचन आयोग चितवनमा उजुरी दिएका छन् ।
नेपालको संविधानको धारा २९१ उल्लेख गर्दै पौडेलले उजुरीमा उम्मेदवार हुन अयोग्य भएको दाबी गरेका छन् ।
नागरिकतासम्बन्धी मुद्दामा सर्वोच्च अदालतले लामिछानेको पद खारेजी गरेपछि वैशाख १० गते हुने चितवन २ मा उपनिर्वाचन हुन लागेको हो ।
उनै सफलले अमेरिकी नागरिक रहेकै अवस्थामा नेपाली नागरिकता दुरुपयोग गरेर राहदानी लिए पनि लामिछानेविरुद्ध मुद्दा नचल्ने भनी महान्यायाधिवक्ता कार्यालयले गरेको निर्णय बदर हुनुपर्ने र उनीमाथि अनुसन्धान गरी मुद्दा चलाउने आदेश हुनुपर्ने माग गर्दै सर्बोच्चमा रिट दायर गरेका छन् । सो मुद्धाको प्रारम्भिक सुनुवाइका लागि आज पेसी तोकिएको छ ।

प्रतिक्रिया