सिक्किमको हिमपहिरोमा परी ६ पर्यटकको मृत्यु, ११ जना घाइते

नेपालखोज २०७९ चैत २१ गते १६:४५

सिक्किम । सिक्किमको नाथुला माउन्टेनपास नजिक आज गएको ठूलो हिमपहिरोमा परि ६ जना पर्यटकको मृत्यु भएको छ भने ११ जना घाइते भएका छन् । यो हिमपहिरोमा धेरै पर्यटक फसेको आशंका गरिएको छ भने उद्धार कार्य सुरु भैसकेको बताइएको छ । हिमपहिरोका क्रममा उक्त क्षेत्रमा १ सय ५० भन्दा बढी पर्यटक भएको अनुमान छ ।

समाचार एजेन्सी पीटीआईका अनुसार सिक्किम-नाथुला सीमा क्षेत्रमा ठूलो हिमपहिरोमा ६ पर्यटकको मृत्यु भएको छ भने ११ जना घाइते भएका छन्। समाचार एजेन्सी एएनआईले पुलिस अधिकारीहरूको हवाला दिदै गान्तोक र नाथुला जोड्ने जवाहरलाल नेहरू रोडको १५ औं माइलमा हिमपहिरो गएको जानकारि दिएको छ ।

यो हिम पहिरो मंगलबार दिउँसो नेपाली समय अनुसार करिब १२ः३५ बजे गएको हो । यसबाट घाइते ६ जनाको नजिकैको सैनिक अस्पतालमा मृत्यु भएको हो । मृत्युहुनेहरुमा चार पुरुष, एक महिला तथा एक बालक छन् ।

प्रतिक्रिया