आइतबार, वैशाख २८, २०८२

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ

नेपालखोज २०७९ चैत २२ गते ७:२६

काठमाडाैं । अमेरिकी पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्प औपचारिक रुपमा पक्राउ परेका छन् । उनलाई पक्राउ गर्नुअघि नै प्रहरी हिरासतमा राखिएको थियो ।

अदालत पुगेपछि उनलाई पक्राउ गरिएको हो । उनीमाथि ३४ आरोप लागेका छन् । यद्यपि उनले आफूमाथि लागेका आरोप अस्वीकार गर्दै आएका छन् । उनी आपराधिक आरोपको सामना गर्ने पहिलो अमेरिकी राष्ट्रपति हुन् ।

ट्रम्पसँग गोप्य सम्बन्ध रहेको भनिएकी पोर्नस्टार स्टोर्मी डेनिल्सलाई मौन रहन भन्दै अवैध तरिकाले पैसा दिएको, अवैध तरिकाले अर्बौं डलरको सम्पत्ति जम्मा गरेको, ह्वाइटहाउसबाट महत्वपूर्ण कागजात गायब पारेको, राष्ट्रपति निर्वाचनको परिणाम अस्वीकार गर्दै आफ्ना समर्थकलाई संसद भवनमा आक्रमणका लागि उक्साएको लगायतका आरोप ट्रम्पमाथि लागेको छ ।-बीबीसी

प्रतिक्रिया