शुक्रबार, जेठ ४, २०८१

दुवै खुट्टा गुमाएका हरि बुढामगर सगरमाथा चढ्न सोलुखुम्बु प्रस्थान

नेपालखोज २०७९ चैत २२ गते १०:४९

काठमाडौं । दुवै खुट्टा नभएका पूर्व गोरखा सैनिक हरि बुढामगर विश्वको सर्वोच्च शिखर सगरमाथा आरोहणका लागि सोलुखुम्बु प्रस्थान गरेका छन् । उनी बुधबार त्रिभुवन विमानस्थल हुँदै सगरमाथा आधार शिविरतर्फ प्रस्थान गरेका हुन् ।

शारीरिक रुपमा अशक्त भएका व्यक्तिहरु कमजोर हुँदैनन् भन्ने सन्देश दिन उनी कृत्रिम (प्रोस्थेटिक) खुट्टाको सहायतामा सगरमाथा आरोहणमा जान लागेको उनले बताए ।

उनले सगरमाथा आरोहणको समय २ महिनाको हुने बताए । सगरमाथा आरोहण गर्न सोलुखुम्बु जानु भन्दाअघि उनले ५ वर्षको पखाइपछि सगरमाथा चढ्न जान अनुमति पाउँदा खुसी लागेको बताए । उनले आफ्नो सगरमाथाको सफल आरोहणले सारा नेपालीहरुलाई खुसी दिने विश्वास व्यक्त गरे ।

उनले शारीरिक अशक्त भएका व्यक्तिहरू कोही भन्दा केहीमा पनि कमजोर हुँदैनन् भन्ने आत्मविश्वास अन्य आफूजस्तै साथीहरुमा जगाउनका लागि सगरमाथाको सफल आरोहण आफ्ना लागि महत्त्वपूर्ण रहेको बताए ।

प्रतिक्रिया