कोरोना अपडेट : थप १ सय ७६ संक्रमण पुष्टि, १ सय १७ जना डिस्चार्ज
नेपालखोज
२०७७ चैत २२ गते १७:००

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप १ सय ७६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमाले पछिल्लो २४ घण्टामा देशभरबाट ३ हजार ४ सय ५६ पिसीआर परीक्षण गर्दा थप १ सय ७६ जनामा संक्रमण पुष्टि भएको हो । योसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या दुई लाख ७७ हजार ९४४ पुगेको छ।
हाल देशभर १ हजार ६ सय ७२ रहेको छ । जसमध्य संस्थागत आइसोलेसन२ सय ५३ र होम आइसोलेसनमा १ हजार ४ सय १९ जना रहेका छन् ।
त्यस्तै, पछिल्लो २४ घण्टामा १ सय १७ जना कोरोना संक्रमण मुक्त भएका छन् । योसहित कोरोनाबाट निको हुनेको संख्या दुई लाख ७३ हजार २४० पुगेको छ। हालसम्म कोरोना संक्रमण मुक्त हुने दर ९८ दशमलव ३ प्रतिशत पुगेको छ ।
सम्बन्धित

प्रतिक्रिया