नेपालमा कृषिमा आधारित उद्योगमात्र दिगो हुन्छ : प्रचण्ड
नेपालखोज
२०७९ चैत २२ गते १२:०१

काठमाडौं । नेकपा माओवादी केन्द्रको अध्यक्षय एंम प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले कृषिमा आधारित उद्योगमात्र नेपालमा दिगो हुने बताएका छन् ।
नेकपा माओवादी केन्द्रको आयोजनामा भएको सहकारीकर्मीहरुको भेलालाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले भने, ‘नेपालमा कृषिमा आधारित उद्योगमात्र दिगो हुन्छ ।’
कृषिभन्दा बाहिरको उद्योग खोल्न खोजे दिगो नहुने उनको भनाइ छ ।
उनले आर्थिक समृद्धिका लागि कृषि उत्पादनमा जोड दिनुपर्ने बताए । यस वर्षको नीति तथा कार्यक्रममा पनि कृषिलाई प्राथमिकता दिने उनले बताए ।
सम्बन्धित
प्रतिक्रिया