सन्दीप लामिछानेविरुद्ध मुद्दाको पेसी केशव घिमिरेको इजलासमा
नेपालखोज
२०७९ चैत २२ गते १४:१६

काठमाडौं । क्रिकेटर सन्दीप लामिछानेविरुद्ध दायर बलात्कार मुद्दाको सुनुवाइ न्यायाधीश केशवप्रसाद घिमिरेको इजलासमा परेको छ ।
आजका लागि तोकिएको पेसी छैठौं नम्बरमा रहेको छ । यसअघि १३ चैतमा तोकिएको सुनुवाइ सन्दीप पक्षका कानुन व्यवसायीले स्थगित गरेका थिए ।
यसअघि काठमाडौं जिल्ला अदालतले सन्दीपलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको थियो । तर, पाटन उच्च अदालतले जिल्लाको आदेश उल्टाउँदै सन्दीपलाई २० लाख रूपैयाँ धरौटीमा थुनामुक्त गरेको थियो ।
सम्बन्धित

प्रतिक्रिया