न्यायाधीश गिरीलाई पक्राउ पुर्जी

नेपालखोज २०७९ चैत २२ गते १६:५८

काठमाडौं । जिल्ला अदालत कपिलवस्तुले न्याय परिषद्मा कार्यरत न्यायाधीश भुवन गिरीविरुद्ध पक्राउ पूर्जी जारी गरेको छ । सोमबार गिरीलाई पक्राउ गर्न प्रहरीलाई अनुमति दिएको हो ।

गत मंसिरमा न्यायाधीश गिरीकी पत्नीले गिरीविरुद्ध हिंसा र यौन शोषण गरेको आरोप लगाउँदै जिल्ला प्रहरी कार्यालयमा कारबाहीका लागि निवेदन दिएकी थिइन् । जाहेरी दर्तापछि उनीमाथि अनुसन्धान सुरु भएको जिल्ला प्रहरी प्रमुख उपरीक्षक प्रेमबहादुर बस्नेतले बताए ।

गिरीकी पत्नीले न्यायाधीश गिरीलाई कारबाहीको माग गर्दै नयाँ वानेश्वरस्थित संसद् भवन अगाडि प्रदर्शनसमेत गरेकी थिइन् । गत असारमा न्यायाधीश भएर जिल्लामा पदस्थापन भएका गिरीको एक महिनाअघि काठमाडौंस्थित न्याय परिषद्मा सरुवा भएको थियो ।

प्रतिक्रिया