रवि लामिछानेविरुद्धको रिटमा सर्बोच्चको कारण देखाऊ आदेश
नेपालखोज
२०७९ चैत २२ गते १७:०४

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको उम्मेदवारी विरुद्धको रिटमा सर्बोच्च अदालतले कारण देखाऊ आदेश जारी गरेको छ ।
रिटमाथि सर्वोच्च अदालतका न्यायाधीश हरि फुयाँलको एकल इजलासले बुधवार सुनुवाइ सकिएपछि विपक्षीका नाममा कारण देखाउ आदेश जारी गरेको हो ।
बुधवार निवेदक पक्षका कानुन व्यवसायीहरूले बहस गरेका थिए । लामिछानेविरुद्ध रिट निवेदन लिएर युवराज पौडेल ‘सफल’ आइतबार सर्वोच्च अदालत पुगेका थिए । मुख्य रजिस्ट्रारले रिट अध्ययन गरेपछि सोमबार दर्ता भएको थियो ।
अमेरिकी नागरिक नै रहेको अवस्थामा नेपालको राहदानी लिएको विषयमा लामिछाने उपर कानुन बमोजिम छानबिन गरी मुद्दा दायर गर्नु भन्दै विपक्षीहरूका नाममा परमादेश जारी गर्नुपर्ने पौडेलको माग रहेको छ ।
सम्बन्धित

प्रतिक्रिया