एकल आमाका सन्तानको मावलीकै थर राखेर जन्म दर्ता गर्न निर्देशन
नेपालखोज
२०७९ चैत २२ गते १७:५३

काठमाडाैं । एकल आमाका सन्तानको मावलीकै थर राखेर जन्मदर्ता हुने भएको छ । राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागले एक सूचना जारी गर्दै स्थानीय तहका सबै ६ हजार ७४३ वटै वडा कार्यालयलाई परिपत्र गर्दै एकल महिलाबाट जन्मेका तथा पितृत्वको ठेगान नभएका बच्चाको मावलीकै थर राखेर जन्म दर्ता गर्न निर्देशन दिएको हो ।
‘विवाहअघि जन्म भएको तर पितृत्वको ठेगान नभएको बच्चा भएको एकल महिलाले विवाह गरी पतिसँगै बसेको तर उक्त बच्चा मावलीमै बसेको भए मावलीकै थर र मावलीकै ठेगानामा आमालाई सूचक राखी जन्म दर्ता गरिदिने,’ विभागको निर्देशमा भनिएकाे छ ।

सम्बन्धित
प्रतिक्रिया