नेपालमाथि भियतनामको जित
नेपालखोज
२०७९ चैत २२ गते २०:०४

काठमाडाैं । पेरिस ओलम्पिक २०२४ को महिला फुटबल छनोटमा नेपाल भियतनामसँग पराजित भएको छ । काठमाडौंको दशरथ रंगशालामा सुरुदेखि नै घरेलु टोलीमाथि दबाब बनाएको भियतनाम ५-१ ले विजयी भयो ।
भियतनामको जितमा कप्तान हुन्ह न्हुले दुई गोल गरिन् । यस्तै फाम हाइ यन, एनगुएन थि बिच थुए र एनगुएन थि नाले एक एक गोल गरे । नेपालका सावित्रा भण्डारीले एक गोल फर्काईन् ।
छनोटको समूह ‘सी’ मा रहेको नेपालले अब शनिबार भियतनामसँग दोस्रो खेल खेल्नेछ । प्यालेस्टाइन र अफगानिस्तानले नाम फिर्ता लिएपछि यस समूहमा नेपाल र भियतनाम मात्र रहेको हो । समग्रमा अघि रहने टोलीले यस समूहबाट दोस्रो चरणमा स्थान बनाउने छन् ।
सम्बन्धित

प्रतिक्रिया