आइतबार, वैशाख २८, २०८२

जोन्सन एन्ड जोन्सनले करिब १२ अर्ब रुपैयाँ तिर्ने

नेपालखोज २०७९ चैत २२ गते २०:१५

एजेन्सी । विश्व प्रशिद्द जोन्सन एन्ड जोन्सन कम्पनी उत्तरी अमेरिकामा कम्पनीको बेबी पाउडरले क्यान्सर निम्त्याएको आरोप लागेका हजारौं मुद्दा सम्बोधन गर्न ९ अर्ब डलर अर्थात करिब १,१८८ अर्ब रुपैयाँ खर्च गर्न सहमत भएको छ ।

अमेरिकी फार्मास्युटिकल कम्पनीले भनेको छ उसलाई अझै पनि यो आरोप ‘नक्कली’ लाग्छ तर लामो कानूनी लडाई समाप्त गर्न उ यो खर्च गर्न तयार छ । यसअघि कम्पनीले सम्झौताका लागि २ अर्ब डलर प्रस्ताव गरेको थियो ।

कम्पनीविरुद्ध करिब ४० हजार मुद्दा दर्ता छन् जुन जोन्सन एन्ड जोन्सनको टेल्कम पाउडर प्रयोग गर्दा क्यान्सर भएको आरोप लगाउँदै यसका पूर्व ग्राहकहरूले दायर गरेका हुन् । मुद्दामा कतिपयले पाउडरमा त्यस्ता पदार्थ प्रयोग गरिएको पनि आरोप लगाएका छन्, जसले क्यान्सर निम्त्याउँछ ।

कम्पनीले सन् २०२० मा ‘भ्रामक जानकारी’ फैल्याइएको बताउँदै अमेरिकामा आफ्नो टेल्कम पाउडरको बिक्री गर्न बन्द गरेको थियो । गत वर्ष कम्पनीले यसलाई विश्वव्यापी रूपमै बिक्री नगर्ने निर्णय गरेको थियो । यो निर्णय गर्नुअघि कम्पनीले करिब १ सय ३० वर्ष बालबालिकाको टेल्कम पाउडर बिक्री गर्दै आएको थियो ।

प्रतिक्रिया