सन्दर्भ हनुमान जयन्ती : हनुमानलाई प्रशन्न तुल्याउन के गर्ने ?

आजको हनुमान जयन्ती मनाइँदैछ । आजको दिन हनुमान मन्दिरहरुमा भक्तजनको घुइँचो लाग्छ भने बजरंगबलीका भक्तहरूले पूजाआजा गरी उँहाको आशीर्वाद लिन्छन् । हनुमान जयन्तीको दिन यदि बजरंगबलीबाट आफ्नो कुनै मनोकामना पूरा गराउन चाहने हो भने त्यसका लागि केही उपाय अपनाउन सकिन्छ । यी उपाय अवलम्बन गर्नाले हनुमान जी प्रसन्न हुनुका साथै उहाँबाट हाम्रो मनोकांक्षा पूरा हुनेछन् ।
हेरौं हनुमान जयन्तीको दिन कुन कामका लागि के गर्ने ?
पारिवारिक सुखका लागि आफ्नो परिवार सधैं सुखी र घरका सदस्यहरूको निरन्तर प्रगति हेर्न चाहनेहरुले हनुमान जयन्तीको दिन सुन्दरकाण्ड , हनुमान चालिसा तथा हनुमान अष्टक वा बजरंग बाणको पाठ गर्नुपर्छ । जटिल समस्या समाधान गर्न यदि आफ्नो जीवनमा यस्तो कुनै समस्या छ जसको समाधान लाखौं प्रयास गर्दा पनि पाउन सकिएन भने हनुमान जयन्तीको दिन मारुति नन्दनलाई पान चढाउनुपर्छ । कामको बाधा अड्चन हटाउन यसबाहेक हनुमान जयन्तीको दिन हनुमान मन्दिरमा कालो दाल , सिन्दुर, फूल, चमेलीको तेल, प्रसाद, गुलाबको फूल आदि चढाउनुपर्छ ।
यति गरेपछि हनुमान चालिसा वा सुन्दरकाण्डको पाठ गर्नुपर्छ । यसो गर्नाले हनुमानजी प्रसन्न हुनुका साथै काममा आउने बाधाहरू हट्छन् । यसका साथै जीवनमा सुख शान्तिसमेत कायम रहन्छ । आर्थिक समस्याबाट छुटकारा पाउन आर्थिक संकटबाट मुक्ति पाउन हनुमान जयन्तीको दिन हनुमानजीको अगाडि चमेलीको तेलको दियो बालेर हनुमानजीलाई चोला चढाउनुपर्छ । त्यसपछि पीपलको ११ वटा पातमा सिन्दुरले श्रीराम लेखेर हनुमान जीलाई अर्पण गर्दै आफ्नो आर्थिक समस्याबाट मुक्ति मिलोस् भन्ने कामना गर्नुपर्छ ।
प्रतिक्रिया