शुक्रबार, वैशाख १२, २०८२

राशिअनुसार हनुमानजीलाई भोग

नेपालखोज २०७९ चैत २३ गते ४:००

राम भक्त बजरंग बलीलाई अनेकन नामले चिनिन्छ । हनुमानजीलाई संकट मोचक पनि मानिन्छ । हनुमानजीका भक्तहरूमा उहाँको आशीर्वाद सदैव कायम रहन्छ । धार्मिक मान्यता अनुसार हनुमानजीलाई प्रसन्न गर्न निकै सजिलो छ ।

हनुमान जीको कृपाले सबै प्रकारका मनोकामना पूरा हुन्छन् । प्रत्येक वर्ष चैत्र शुक्ल पक्षको पूर्णिमाका दिन हनुमानजीको जन्मोत्सव मनाइन्छ। यो शुभ दिनमा माता अञ्जनीको गर्भबाट हनुमान जीको जन्म भएको थियो। यस दिनलाई भव्यताका साथ मनाइन्छ ।

ग्रह र नक्षत्रको संयोगले यस दिन धेरै शुभ योगहरु पनि बन्ने छन् । हनुमान जयन्तीको दिन यदि आफ्नो राशि अनुसार हनुमान जीलाई भोग अर्पण गरियो भने इच्छित फल प्राप्त हुने विस्वास गरिन्छ । कुन राशिका लागि कुन भोग लाभदायक हुन्छ जानौं :

मेष- बेसन लड्डु चढाउने ।
वृष– तुलसीको बीउ चढाउने ।
मिथुन -तुलसीको पात चढाउने ।
कर्कट – गाईको घ्यूमा बेसारको हलुवा बनाएर चढाउनुपर्छ ।
सिंह राशि – जेरी चढाउनुहोस् ।
कन्या – चाँदीको बर्क चढाउनुपर्छ ।
तुला – मोतीचुरको लड्डू अर्पण गर्नुहोस् ।
वृश्चिक – हनुमान जीलाई गाईको घ्यूमा चनाको लड्डू बनाएर अर्पण गर्ने ।
धनु – गुदंको लड्डू तथा तुलसीको पात चढाउनुहोस् ।
मकर – मोतीचूर लड्डु चढाउनुहोस् ।
कुम्भ – सिन्दुर तथा लड्डु चढाउनुहोस् ।
मीन – ल्वाङ्ग चढाउने ।

प्रतिक्रिया