राजस्थान माथि पञ्जावको रोमाञ्चक जित

नेपालखोज २०७९ चैत २३ गते ६:४०

काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल) मा बुधबार साँझ भएको प्रतिस्पर्धामा पञ्जाव किंग्सले राजस्थान रोयल्समाथि पाँच रनको रोमाञ्चक जित हात पारेको छ । टस हारेर ब्याटिङमा उत्रिएको पञ्जावले निर्धारित २० ओभरमा चार विकेट गुमाएर १ सय ९७ रनको लक्ष प्रस्तुत गर्यो भने राजस्थानले निर्धारित २० ओभरमा सात विकेट गुमाएर १ सय ९२ रनमात्र जोडन सक्यो ।

असम राज्यको गुवाहिटीस्थित बार्सापारा रंगशालामा भएको यो खेल पछि लगातार दुई जित सँगै चार अंक जोडेको पञ्जाव तालिकाको दोस्रो स्थानमा पुगको छ । यता राजस्थान दुइ खेलमा एक जित – एक हार गरि २ अंकका साथ तालिकाको चौथो स्थानमा छ । १ सय ९८ रनको लक्ष्य खडागर्ने क्रममा पञ्जावका कप्तान शिखर धवनले ५६ बलमा ९ चौका र ३ छक्का प्रहार गर्दै ८६ रन जोडेका थिए । धवनका ओपनीङ जोडि प्रभसिम्रन सिंहले ६० रन बनाए पछि पञ्जावले पहिलो विकेटका लागि ९० रनको साझेदारी खेलेको थियो ।

पञ्जावका लागि जितेश शर्माले २७ र मोहम्मद साहरुख खानले ११ रनको योगदान दिए । त्यस क्रममा राजस्थानका जासन होल्डरले दुई विकेट तथा युजवेन्द्र चहल र रविचन्द्रन आश्विनले एक – एक विकेट लिए । १ सय ९८ रनको लक्ष्य पच्छाउँदै मैदानमा उत्रिएको राजस्थानका लागि कप्तान सन्जु सामसनले ४२ रन जोडे भने निर्धारित २० ओभरमा सिमरोन हेटमायरले ३६ , ध्रुव जुरेलले ३२, देवदत्त पडिकलले २१, रियान परागले २१ तथा जस बटलरले १९ रन मात्र जोडन सके । राजस्थान बिरुद्धको बलिङमा पञ्जावका नाथन एलिसले चार विकेट लिए भने अर्शदीप सिंहले दुई विकेट चटकाएका थिए । आखिरि ओभरको रोमान्च एक समय राजस्थान रोयल्सलाई जितका लागि अन्तिम तीन ओभरमा ५३ रन आवश्यक थियो ।

यहाँबाट शिम्रोन हेटमायर र इम्प्याक्ट खेलाडी ध्रुव जुरेलले उत्कृष्ट ब्याटिङ गर्दै आफ्नो टिमलाई जितको नजिक पुर्याए । खेलको ४८ औं र ४९ औं ओभरमा शिम्रोन हेटमायर र ध्रुव जुरेलले ३७ रन जोडे । त्यसपछि जितका लागि अन्तिम ओभरमा १६ रन बनाउनु पर्ने थियो तर साम करणले यी दुवै ब्याट्सम्यानलाई आफ्नो ओभरमा खुलेर खेल्न दिएनन् । अन्तिम ओभरको तेस्रो बलमा दोस्रो रन चोर्ने प्रयासमा शिमरोन हेटमायर रनआउट भए ।

उनले १८ बलमा ३६ रन बनाए । अन्तिम तीन बलमा १२ रन बनाउनु थियो तर चौथो बलमा राजस्थान रोयल्सले बाई पायो । जेसन होल्डरले पाँचौं बलमा एक रन मात्र बनाउन सके । यसरी जितका लागि अन्तिम बलमा १० रन बनाउन बाँकी थियो जसमा जुरेलले चौका प्रहार गरे । योसँगै पञ्जाबले यो खेल ५ रनले जित्यो । इम्प्याक्ट खेलाडीका रुपमा मैदानमा पुगेका राजस्थानका ध्रुव जुरेलले १५ बलमा ३२ रन बनाएर खेलमा आफ्नो प्रभाव राम्रो देखाए ।

आईपीएलमा आज चैत्र २३ गते बिहीबार (६ अप्रील २०२३ ) कोलकाता नाइट राइडर्स र रोयल च्यालेन्जर्स बेंगलुरु भिडदैछन् । आज आईपीएलमा साँझ एक खेल मात्र हुनेछ । यो खेल बेलुका ७:४५ बजे ईडन गार्डन, कोलकातामा सुरु हुनेछ ।

प्रतिक्रिया