नक्कली विद्यार्थीको आशंकामा मोरङका ११६ जना पक्राउ
नेपालखोज
२०७९ चैत २३ गते ११:४४

काठमाडौं । नक्कली विद्यार्थी भएको आशंकामा मोरङमा माध्यमिक शिक्षा परीक्षा (एसईई) दिइरहेका ११६ जना पक्राउ परेका छन् ।
नक्कली परीक्षार्थीको आशंकामा ग्रामथान गाउँपालिका–२ मा रहेको सरस्वती माध्यमिक विद्यालय परीक्षा केन्द्रबाट ५२ जनालाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।
प्रहरीले बुधबार सोही परीक्षा केन्द्रबाट एक जनालाई पक्राउ गरेको थियो । यस्तै, केराबारी गाउँपालिका–७ स्थित सार्वजनिक माध्यामिक विद्यालयबाट ४४ जना र सुन्दरहरैचा नगरपालिका–१ स्थित जनता माध्यामिक विद्यालयबाट २० पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
उनीहरू सामाजिक विषयको परीक्षा दिंदै थिए ।
सम्बन्धित
प्रतिक्रिया