आइतबार, असार १, २०८२

रघुजी पन्तको भनाइ संसद रेकर्डबाट हटाउन सांसद दोङको माग

नेपालखोज २०७९ चैत २३ गते १४:५७

काठमाडौं । एमाले सांसद रघुजी पन्तले बिहीबार प्रतिनिधिसभा बैठकमा राखेको भनाइ रेकर्डबाट हटाउन माग गरेका छन् ।

पन्तले सरकारले सय दिनमा गरेको कामकारवाहीबारे कडा आलोचना गर्दै धारणा राख्दै गर्दा सरकारको नेतृत्व गरिरहेको माओवादी केन्द्र सांसद सूर्यमान दोङले नियमापत्ति जनाउँदै रेकर्ड नराख्न माग गरे ।

प्रमुख प्रतिपक्षी एमालेका सांसद पन्तले सरकारको कडा शब्दमा आलोचना गरेका थिए । उनले गोरखापत्रमा सरकारले सय दिनमा गरेका उप्लब्धिलाई ३७ बुँदामा प्रकाशन गरेको थियो ।

सरकार दिशाहीन र भ्रष्टचारमा लिप्त भएको उनको आरोप थियो । सांसदको दोङको मागबारे भने सभापति देवराज घिमिरेले केही बताएनन् ।

प्रतिक्रिया