आइतबार, वैशाख २८, २०८२

बेलायतले हाल पूर्व गोरखा सैनिकलाई नेपाल फिर्तिबाट रोक्यो

नेपालखोज २०७९ चैत २३ गते १६:५५

लण्डन । बेलायतबाट निष्कासन गरिएका १३ भूतपूर्व गोरखा सैनिकको मुद्दामा बेलायत सरकारले पुनर्विचार गर्ने जनाएको छ । यी सबै पूर्व सैनिक अफगानिस्तानबाट बचाएर बेलायत ल्याइएका हुन् ।

यी पूर्व सैनिक अफगानिस्तानस्थित बेलायती दूतावासमा सुरक्षा गार्डका रुपमा कार्यरत थिए । काबुलमा तालिवानको शासन आएपछि उद्धारकर्ताहरूले उनीहरूलाई बेलायत लगे। अहिले उनीहरु सबै लण्डनमा मा काम गरिरहेका छन् ।

गत साता ती व्यक्तिलाई अचानक हिरासतमा लिएर नेपाल वा भारत फिर्ता पठाइने बताइएको थियो । बेलायतको गृह मन्त्रालयले तत्कालका लागि उनिहरूलाई बेलायतबाट बाहिर नपठाइने जनाएको छ। यी १३ जनालाई बेलायतमा बस्ने कानूनी अधिकार रहेको यी सैनिकका वकिलहरूले बताएका छन् ।

यी नेपाली भारतीय नागरिकको उमेर ३७ देखि ६० वर्षसम्म रहेको बताइएको छ । तिनीहरू सबै एक निजी सुरक्षा फर्ममा काम गर्थे जसलाई काबुलमा बेलायत तथा क्यानाडेली दूतावासको सुरक्षाको जिम्मेवारी दिइएको थियो।

प्रतिक्रिया