मछिन्द्र र हिमालयनको बराबरी खेल
नेपालखोज
२०७९ चैत २३ गते १७:०६

काठमाडौं । बिहिबार एन्फा कम्प्लेक्समा भएको शहीद स्मारक ए डिभिजन लिग अन्तरगतको खेलमा मछिन्द्र फुटबल क्लब र हिमालयन शेर्पा बीचको खेल बराबरीमा सकिएको छ ।
विमल घर्ती मगरले इन्जुरी टाइममा गोल गरेपछि मछिन्द्र फुटबल क्लब हार टार्दै १–१ को बराबरी खेलेको हो ।
सत्यम शर्मा ८६औं मिनेट पेनाल्टीमा गोल गर्दै हिमालयन शेर्पालाई अग्रता दिलाएका थिए । तर हिमालयनले सम्भावित जितका लागि अग्रता जोगाउन सकेन ।
जारी लिगमा मछिन्द्रको यो तेस्रो बराबरी हो । ६ खेल खेल्दा १ जित र ३ बराबरीबाट ६ अंक जोडेको मछिन्द्र अंकतालिकामा ११औं स्थानमै छ ।
समान खेलबाट ६ अंक नै रहेको हिमालयन गोलअन्तरमा अघि रहँदै १०औं स्थानमा छ ।
सम्बन्धित

प्रतिक्रिया