गठबन्धनले सभामुखविरुद्ध महाभियोग प्रस्ताव ल्याउन सक्छ : ओली
नेपालखोज
२०७९ चैत २३ गते १७:१६

काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली गठबन्धनले सभामुखविरुद्ध महाभियोग प्रस्ताव ल्याउनसक्ने बताएका छन् । बिहीबार पार्टी निकट पेशागत महासंघको कार्यक्रमलाई सम्बोधन गर्दै ओलीले यस्ताे बताएका हुन् ।
‘राष्ट्रपतिज्यूलाई महाअभियोग लगाउन खोजेका थिए धेरै पल्ट, पार लागेन’ उनले भने, ‘अहिलेको सभामुखलाई कुन दिन ल्याउन बेर लगाउँदैनन् किनकि २५ प्रतिशतले पुगिहाल्छ, यिनीहरुसँग त बहुमत छँदैछ, महाअभियोग ल्याउन पनि बेर लगाउँदैनन्, लाजशरम भन्ने छैन, के गर्न हुन्छ के गर्न हुन्न भन्ने कुनै सीमा छैन ।’
सम्बन्धित
प्रतिक्रिया