सरकारले सीमाको प्रभावकारी व्यवस्थापन र नियमनका लागि सीमा सुरक्षा चौकी वृद्धि गर्ने
नेपालखोज
२०७९ चैत २३ गते १८:२९

काठमाडाैं । सरकारले सीमा समस्या कूटनीतिक माध्यमबाट समाधान गर्ने जनाएको छ । सत्ता गठबन्धनको साझा न्यूनतम साझा कार्यक्रम सार्वजनिक गर्दै सरकारकी प्रवक्ता रेखा शर्माले सीमाको प्रभावकारी व्यवस्थापन र नियमनका लागि सीमा सुरक्षा चौकी वृद्धि गर्ने बताइन् ।
देशको सार्वभौमसत्ता, भौगोलिक अखण्डता, स्वाधीनता, स्वतन्त्रता, स्वाभिमान र जनताको जिउधनको रक्षाको पूर्ण प्रत्याभूति हुने गरी राष्ट्रिय सुरक्षा नीतिलाई आवश्यक परिमार्जन गरी कार्यान्वयन गर्ने न्यूनतम साझा कार्यक्रममा उल्लेख छ ।
सम्बन्धित

प्रतिक्रिया