रामेछापमा जीप दुर्घटना हुँदा चारजनाको मृत्यु
नेपालखोज
२०७९ चैत २३ गते १९:४५

रामेछाप । रामेछापको मन्थली नगरपालिका-७ को कौछिनी (मगर गाउँ नजिक) बलेरो दुर्घटना हुँदा चार जनाको घटनास्थलमै मृत्यु भएको छ । दुर्घटनामा १० जनाभन्दा बढी घाइते भएका छन् ।
मृतकहरूको सनाखत हुन सकेको छैन । घाइतेहरूको मन्थलीका विभिन्न अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी प्रमुख होमबहादुर पराजुलीले बताए ।
सम्बन्धित

प्रतिक्रिया