शुक्रबार, जेठ ४, २०८१

सुनको मूल्य सामान्य घट्यो, चाँदीको बढ्यो

नेपालखोज २०७९ चैत २४ गते ११:०५

काठमाडौं । नेपाली बजारमा आज (शुक्रबार) सुनको भाउ घटेको छ । भने चाँदीको भाउ बढेको छ । छापावाल सुन प्रतितोला २ सय रुपैयाँले घटेर १ लाख १० हजार रुपैयाँ कायम भएको छ । बिहीबार छापावाल सुन प्रतितोला १ लाख १० हजार २ सय रुपैयाँमा कारोबार भएको थियो ।

त्यस्तै, तेजाबी सुनको भाउ पनि १ सय ५० रुपैयाँले घटेको छ । तेजाबी सुन प्रतितोला १ लाख ९ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । बिहीबार तेजाबी सुन प्रतितोला १ लाख ९ हजार ६ सय ५० रुपैयाँमा कारोबार भएको थियो ।

त्यसैगरी, आज चाँदीको भाउ ५ रुपैयाँ बढेको छ । चाँदी आज प्रतितोला १४ सय ४० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । बिहीबार चाँदी प्रतितोला १४ सय ३५ रुपैयाँमा कारोबार भएको महासंघले जनाएको छ ।

प्रतिक्रिया