सोमबार, वैशाख १७, २०८१

‘पुष्पा २’ को टिजर रिलिज (भिडियो)

नेपालखोज २०७९ चैत २४ गते १७:३२

काठमाडौं । प्रतीक्षित दक्षिण भारतीय फिल्म ‘पुष्पा २’ को टिजर सार्वजनिक भएको छ । फिल्म ‘पुष्पा २’ यसको शीर्ष चरित्र पुष्पा पात्र र खलपात्र भानवर सिंह सेखावतबीचको लडाइँमा आधारित छ । यो ग्याङस्टर फिल्मले एक सामान्य व्यक्ति कसरी संघर्ष गरेर शक्तिको उचाइमा पुग्छ भन्ने कथा चित्रण गर्छ ।

पुष्पालाई सार्वजनिक गर्नुपर्ने माग राख्दै उसका फ्यानले गरेको प्रदर्शनलाई समेत यसमा प्रस्तुत गरिएको छ । यसको टिजर ३ मिनेटको रहेको छ । फिल्मको पहिलो भाग नेपाल र भारतसहित विश्वभर सुपरहिट भएको थियो ।

यो फिल्मले अल्लु अर्जुन र रश्मिका मन्दानालाई ग्लोबल स्टारको रुपमा स्थापित गर्न भूमिका खेल्यो । सुकुमारको लेखन तथा निर्देशन रहेको यो फिल्मलाई सन् २०२३ कै बहुप्रतीक्षित फिल्मको सूचीमा राखिएको छ ।

प्रतिक्रिया