आइतबार, असार १, २०८२

माओवादी केन्द्रको विभागीय प्रमुखको बैठक सुरु

नेपालखोज २०७९ चैत २४ गते १८:१८

काठमाडौँ । नेकपा माओवादी केन्द्रको विभागीय प्रमुखहरुको बैठक सुरु भएको छ । पार्टी केन्द्रीय कार्यालय पेरिसडाडामा बैठक सुरु भएको हो । पार्टीका ३४ विभागका प्रमुखलाई बोलाएर प्रधानमन्त्री प्रचण्डले छलफल गर्न लागेका हुन् ।

आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममा समेट्ने कार्यक्रमका विषयमा सुझाव दिन प्रधानमन्त्री प्रचण्डले बैठक बोलाएका हुन् । विभागीय प्रमुखको बैठक बसेपछि सबै विभागहरुले आ–आफ्नो सुझाव प्रधानमन्त्री प्रचण्डलाई दिने भएका छन् ।

प्रतिक्रिया