मिटरव्याज पीडितसँग वार्ता गर्न वार्ता समिति गठन
नेपालखोज
२०७९ चैत २४ गते २१:०१

काठमाडौं । शुक्रबार गृह मन्त्रालयले मिटरव्याज पीडितहरूसँग वार्ता गर्न सहसचिव प्रदीपकुमार कोइरालाको संयोजकत्वमा वार्ता समिति गठन गरेको छ ।
अघिल्लो हप्ता नै सरकारले मिटरव्याज पीडितको समस्या समाधान गर्न पूर्व न्यायाधीश गौरीबहादुर कार्कीको नेतृत्वमा अधिकार सम्पन्न आयोग बनाइसके पनि ‘मिटरव्याज तथा ठगीविरुद्ध किसान-मजदुर संघर्ष समिति’ नामक पीडितहरूको संगठनले आन्दोलन जारी राखेकोमा उनीहरूका मागलाई समेत समेट्नेगरी वार्ता समिति बनेको हो ।
पाँच सदस्यीय वार्ता समितिमा प्रधानमन्त्री कार्यालयका उपसचिव उमाकान्त अधिकारी,कानुन मन्त्रालयका उपसचिव जंगबहादुर डाँगी तथा प्रहरी उपरीक्षक दिनेशराज मैनाली सदस्य छन् ।
सम्बन्धित

प्रतिक्रिया