शुक्रबार, वैशाख २८, २०८१

आज टीकापुर साहित्यीक महोत्सव

नेपालखोज २०७९ चैत २५ गते ६:५८

काठमाडौं । कैलालीको टीकापुरमा आज चैत २५ देखि २७ गतेसम्म साहित्य महोत्सवको आयोजना हुँदैछ । यो महोत्सवमा हरेक दिन विभिन्न कार्यपत्र प्रस्तुत हुनेछन् भने हरेक सत्रमा सुदूरपश्चिमको कला, साहित्य, सम्भावना, पर्यापर्यटन र वेशभूषाका सम्बन्धमा छलफल हुनेछ ।

महोत्सवमा भाषा, साहित्य, कला संस्कृति, राजनीति, दर्शन, अर्थ, शिक्षा, स्वास्थ्य, पर्यटन, उद्योग व्यवसाय, पत्रकारिता एवम् सामाजिक क्षेत्रका विज्ञ तथा सो कार्य क्षेत्रसँग सम्बन्धित १ सय ५० जना वक्ता, सहजकर्ता, कवि गजलकार तथा कलाकारक‍ प्रस्तुति रहनेछ। साहित्य महोत्सवमा ४० लाख खर्च हुने अनुमान गरिएको छ ।

प्रतिक्रिया