शनिबार, वैशाख २२, २०८१

किया कारेन्सको लक्जरी भेरियन्ट लन्च भयो

नेपालखोज २०७९ चैत २५ गते १५:२०

काठमाडाैं । किया कारेन्सको नयाँ ७ सिटे भेरियन्ट लक्जरी (O) लन्च भएको छ । यसको अन्तर्राष्ट्रिय बजार मूल्य सवा २७ लाख बाट सुरु भएर सवा २८ लाख सम्म जान्छ। यो कारले मारुती सुजुकी अर्टिगा तथा मारुती सुजुकी XL6 सँग प्रतिस्पर्धा गर्नेछ।

पावरट्रेन

Kia Carens Luxury (O) भेरियन्टमा १.५ लिटर टर्बो पेट्रोल इन्जिन तथा १.५ लिटर डिजेल इन्जिन दुईवटा इन्जिन विकल्प दिइएको छ । १.५ लिटर टर्बो पेट्रोल इन्जिनले १६० बीएचपी पावर र २५३ एनएम टर्क जेनरेट गर्छ। यसैगरि १.५ ली . डिजेल इन्जिनले ११५ बिएचपि पावर तथा २५० एनएम टर्क उत्पादन गर्छ । यी दुवै इन्जिन आरडीई मापदण्डहरू पूरा गर्ने तथा ई २० इन्धनमा चल्ने गरी अद्यावधिक गरिएका छन्। यसमा ६ स्पीड आईएमटी, ६ स्पीड टर्क कन्भर्टर अटोमेटिक (डिजेल) र ७ स्पीड डीसीटी अटोमेटिक (टर्बो पेट्रोल) को विकल्प उपलब्ध छ।

फिचर्स

Kia Carens Luxury (O) भेरियन्टमा स्काई लाइट सनरुफ, एम्बियन्ट लाइट, एम्बियन्ट लाइटिङका ​​साथै सामान्य, इको र स्पोर्ट्स मोड जस्ता तीनवटा ड्राइभ मोड छन्। यस बाहेक यसमा १०.२५ इन्चको टचस्क्रिन, चार स्पिकर, दुई वटा ट्वीटर, एन्ड्रोइड अटो, एप्पल कार प्ले, क्रुज कन्ट्रोल, स्मार्ट एयर प्युरिफायर, फ्रन्ट पार्किङ सेन्सर, अटो हेडल्याम्प, एबीएस, बीएएस, ईएससी, वीएसएम, एचएसी, डीबीसी, एयरब्याग, टायर प्रेसर मोनिटरिङ सिस्टम, रियर पार्किङ सेन्सर, सबै ह्वील डिस्क ब्रेक, सेन्ट्रल डोर लक, आइसोफिक्स चाइल्ड एन्कोरेज, सिट बेल्ट रिमाइन्डर जस्ता सुविधाहरू उपलब्ध गराइएको छ।

प्रतिक्रिया