शनिबार, वैशाख २२, २०८१

पछिल्लो चौबीस घण्टामा ६४ संक्रमित, ५७ जना निको

नेपालखोज २०७९ चैत २५ गते १७:५७

काठमाडौं । पछिल्लो चौबीस घण्टामा नेपालभर ६४ संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज संक्रमणबाट शून्य जनाको मृत्यु भएको छ ।

मन्त्रालयका अनुसार १ हजार १७० जनाको नमुना परीक्षण गर्दा ६४ जनामा कोरोना संक्रमण देखिएको हो ।

१६८ जनाको पीसीआर परीक्षण गर्दा ४१ जनामा र १ हजार ०२ जनाको एन्टिजेन परीक्षण गर्दा २३ जनामा कोरोना संक्रमण पुष्टि भएको मन्त्रालयले नियमित बुलेटिनमार्फत जनाएको हो ।

मन्त्रालयका अनुसार पछिल्लो चौबीस घण्टामा ५७ कोरोना संक्रमित निको भएका छन् । नेपालभर अहिले सक्रिय कोरोना संक्रमितको संख्या भने ३५७ पुगेको छ ।

प्रतिक्रिया