सोमबार, वैशाख १७, २०८१

सन्दीपको मुद्दा बरालको इजलासमा

नेपालखोज २०७९ चैत २६ गते १२:४७

काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टिमका पूर्वकप्तान सन्दीप लामिछानेविरुद्धको मुद्दा आज पेशी चढेको छ । जिल्ला अदालत काठमाडौंका न्यायाधीश शंकरराज बरालको इजलासमा मुद्दाको पेशी तोकिएको हो ।

यसअघि दुईपटक तोकिएको पेशी लगातार स्थगित भएको थियो । अघिल्लो साता पालो नपाएकाले सुनुवाइ हुन नसकेको मुद्धालाई प्राथमिकतामा राखिएको छ । मुद्धाको फैसाला गरेका न्यायाधीश केशवप्रसाद घिमिरेको इजलासमा गत बुधवार सुनुवाइ हुने तय भएपछि उनका कानुन व्यावसायीको अनुरोधमा रोकिएको थियो ।

पुनः सुनवाईका लागि पेशी तोकिएको भए पनि समयसिमा अभावका कारण गत बिहीबार सुनवाई हुन सकेको थिएन ।आज ३ नम्बरमै पालो परेकाले सुनुवाई हुने सम्भावना छ । सर्वोच्च अदालतले यस मुद्धाको चाडो किनारा लगाउनका लागि निर्देशन दिएअनुसार आजै फैसाला आउन सक्ने अनुमान पनि गरिएको छ ।

उमेर नपुगेकी एक किशोरी बलात्कार गरेको आरोप लागेका सन्दीपलाई काठमाडौं जिल्ला अदालतले पूर्पक्षका लागि थुनामा पठाएको थियो । सो आदेशसँगै उनी पूर्पक्षका लागि जेल गए पनि पाटन उच्च अदालतले कडा सर्तसहित २० लाख धरौटीमा छाडेको थियो ।

प्रतिक्रिया