ढाकालाई कारबाही गर्दै रास्वपा
नेपालखोज
२०७९ चैत २६ गते १५:४८

काठमाडौं । व्यवसायी दुर्गा प्रसाईंसँग स्वास्थ्यमन्त्री बन्न दुई करोड रूपैयाँ सहयोग मागेको अडिओ सार्वजनिक भएपछि राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद ढाकाकुमार श्रेष्ठ कारबाहीमा पर्ने भएका छन् । रास्वपाले उनलाई तत्काल निलम्बन गर्ने प्रवक्ता डा. मुकुल ढकालले जानकारी दिए ।
उपत्यकाबाहिर रहेका सभापति रवि लामिछानेले श्रेष्ठलाई एक साताका लागि निलम्बनको पत्र थमाउन निर्देशन दिइसकेका छन् । त्यसअनुसार आजै निलम्बन गरेर उनीमाथि छानबिन हुने भएको हो । रास्वपाले पार्टीको अनुशासन समितिलाई यसबारे छानबिन गर्न जिम्मा दिनेछ ।
प्रवक्ता डा. ढकालले अनुशासन समितिले बुझाउने प्रतिवेदनका आधारमा पार्टीको केन्द्रीय समितिले एक सातापछि निर्णय लिने बताए ।
सम्बन्धित
प्रतिक्रिया