नेपालखोज दिनभरी : खबर सारांश

नेपालखोज २०७९ चैत २६ गते २२:४३

क्रिकेटर सन्दीप लामिछानेमाथि लागेको नाबालिग बलात्कार प्रकरणमा गौशाला २६ लाई परीक्षण गर्ने चिकित्सकको वकपत्र गराउन अदालतको आदेश ।

कर्णाली प्रदेश सरकारबाट बाहिरियो एमाले, तीन मन्त्रीद्वारा राजीनामा ।

बागमतीमा कांग्रेसबाट दुईजना मन्त्रीले लिए शपथ ।

तनहुँ १ का लागि राप्रपाकी उम्मेद्वार शोभा गुरुङ चेक बाउन्समा मुद्दामा दोषी ठहर ।

बालेनको निर्देशनपछि सिंहदरबारको फोहोर उठेन ।

नयाँ ब्रोकर लाइसेन्सविरुद्धको रिट खारेज ।

ए डिभिजन लिगमा मछिन्द्रको दोस्रो जित, संकटा पराजित ।

प्रतिक्रिया