पोखराको भैरब नाच

यस वर्षको गँः प्याखँः (बाह्र भैरव) यहि चैत २७ गतेबाट समाप्त हुदैछ । हरेक ६ वर्षमा प्रदर्शन हुने नाच यदि कुनै ब्यबधान आएन भने २०८५ सालमा पून: नचाइनेछ । युवा जमातको रुचिले गर्दा यस नृत्य आगामी ३०-४० वर्ष सम्म संरक्षित रहनेमा ढुक्क हुने सक्ने भएका छौ । पोखरामा पहिलो गँः प्याखँः कहिले भएको थियो भन्ने मिति यकिन भैसकेको छैन ।
यद्यपि बि.सं. १८४९ मा भिमसेन गुठीबाट सञ्चालन गरिने प्रण गरिएको ताम्रपत्र र १८५७ मा पहिलो नृत्य समाप्त भइसकेपछि भिमसेन महाराजलाई चढाइएको किंकिपाका आधारमा यो नृत्य पहिलो पटक बि.सं. १८५६ मा नचाइएको थियो भन्ने बलियो आधार देखिन्छ ।
यसरी हेर्दा यो नृत्य प्रदशर्न हुन थालेको २ सय २३ वर्ष भयो । यो २ सय २३ वर्षको समयमा मुश्किलले २२-२५ पटक मात्र प्रदर्शन भएको मान्न सकिन्छ । शुरुमा यो नृत्य निकै लामो समय बिच प्रदशर्न हुने गर्दथ्यो । पछि १२ वर्ष भित्र प्रदर्शन गर्न थालियो भने हाल ६ वर्षको एकपटक प्रदर्शन गर्ने गरिन्छ ।
तस्विरमा ६४ वर्ष अन्तरको दुइ भैरवको तस्विर हो । पहिलो तस्विर २०१५ सालको भैरबको हो भने दोश्रो तस्विर २०७९ सालको भैरबको हो । पहिलो तस्विर जापानी प्रोफेसर ताकायामाले खिच्नुभएको हो भने दोश्रो तस्विर सविन उदासले खिच्नुभएको हो ।
प्रतिक्रिया